३१ जेठ, रसुवा । चीनबाट ६ केजी अवैध सुन लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रसुवागढी नाकाबाट सुन लिएर नेपाल तर्फ पैदल आउँदै गरेका २६ वर्षीय काङकाङ तेन्जेन तामाङलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । विशेष सुराकीका आधारमा उनको चेकजाँच गर्ने क्रममा सुन फेला परेको प्रहरीले जानकारी दिएको छ ।
तेन्जेतको शरीर खानतलासी गर्दा निलो पहेलो रंगको कपडामा खण्ड खण्ड गरी कालो धागोले सिलाई कम्मरमा बाँधेर सुन भेटिएको हो ।
सुनसहित उनलाई पक्राउ गरी आवश्यक कारवाही तथा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रसुवा धुन्चेमा ल्याइएको थियो ।
थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन काठमाडौंमा पठाइएको छ ।















