२९ जेठ, काठमाडौं । देशका दुई ठूला कम्युनिस्ट पार्टीको सरकार रहेका वेला कम्युनिस्ट विचारलाई समर्थन गर्ने प्रगतिशिल कवि स्नेह सायमीलाई नै प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । शनिबार बिहान ढुङ्गाअड्डाबाट पक्राउ परेका सायमीलाई कालीमाटी प्रहरी वृत्तमा राखिएको छ ।
ढुङ्गाअड्डा क्षेत्रमा बाटो विस्तार भइरहेको तस्वीर खिच्दा आफूलाई प्रहरीले पक्राउ गरेको सायमीले बताएका छन् ।
बाटो छेऊछाऊकोको संरचना भत्काइरहेको तस्वीर खिच्ने क्रममा डीएसपीले यसलाई जाकिदे भनेर आदेश दिएपछि प्रहरीले पक्राउ सायमीले बताए ।
तर, कालीमाटी वृत्तका डीएसपी हेमकुमार थापाले यसलाई अस्वीकार गरेका छन् । कवि सायमीले बाटो विस्तारमा अवरोध गरेकाले पक्राउ गरिएको बताएका छन् ।
लुकेर आफूहरुको भिडियो पनि खिचेकोले उनलाई पक्राऊ गरिएको थापाले बताए । लुकेर भिडियो खिच्दा आफूहरुलाई बाटो विस्तारमा अवरोध भएको उनको दावी छ ।
तर, लुकेर भिडियो खिच्दा प्रहरीको ज्यादति र अनियमित क्रियाकलाप बाहिर आउने डरले नै प्रहरीले सायमीलाई पक्राऊ गरेको स्पष्ट भएको छ ।












