२८ जेठ, काठमाडौं । भूकम्पले भत्किएको वाहना बनाएर आफ्नै सुरक्षा संवेदनशिलताका कारण तातोपानी नाका खोल्न नमानेको चीनले भूकम्पको पुननिर्माणका बाहनामा अमेरिका र भारतले जासुरी गरेको अर्को खुलासा गरेको छ ।
नेपालमा गत वैशाखमा आएको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणका क्रियाशील एनजीओ र अनाईएनजीओले चीनको जासुसी गरिरहेको त्यहाँका उच्च सुरक्षा अधिकारीले जनाएका छन् ।
नेपालका एनजीओ र आईएनजीओले चीन विरोधी गतिवधि गरिरहेको नेपाल भ्रमणमा रहेका चीनका सेन्ट्रल मिलिटरी कमिसनका उपप्रमुख एडमरल सुन जियाङ्गुओले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँगको भेटमा यस्तो आशंका व्यक्त गरेका हुन् ।
जंगी अड्डामा प्रधानसेनापतिसँग भएको भेटमा उनले भने,’पुनर्निर्माणमा आएका एनजिओ र आईएनजीओले कतै चीन विरोधी गतिविधि त गरिरहेका छैनन् ?’
उनले तिब्बतको सुरक्षाप्रति चासो राख्दै तिब्बतकोसँग जोडिएका जिल्लामा सक्रिय रहेका गैरसरकारी संस्थाको भूमिकाप्रति प्रश्न उठाएको स्रोतले बताएको छ ।
भेटमा उनले अधिकांश समय नेपालमा तिब्बतविरोधी कुनै पनि गतिविधि नहोस् भन्नेमा जोड दिए ।
उनले गत वर्षको भूकम्पपछिको उद्धार, राहत र पुनर्निर्माणमा समेत चीनविरोधी गतिविधि भएको सूचना आफूले पाएको बताएका थिए । उद्धार गर्ने नाममा अमेरिकी सेनाका विमान चिनियाँ सिमानामा गएर जासुसी गरेको उनले दावी गरेका थिए ।
भेटमा प्रधानसेनापति क्षेत्रीले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको र नेपाली भूमिबाट चिनविरोधी गतिविधि हुन नदिन नेपाली सेना संवेदनशील रहेको जवाफ दिएका थिए ।












