२७ जेठ, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जगदम्बा दातब्य औषधालय र मदन धारा समितिको नाममा रहेका अलच सम्पत्ती रोक्का गर्न सरकारलार्इ निर्देशन दिएको छ ।
‘जगदम्बा दातब्य औषधालय’ स्वर्गीय रानी जगदम्बाको नाममा र ‘मदन धारा समिति’ स्वर्गीय मदन शम्शेर राणाको नाममा स्थापित संस्था हो । र, औषधालय र समिति वरिष्ठ पत्रकार एवं साझा यातायात प्रालीका अध्यक्ष कणकमणि दीक्षितको परिवारले चलाउँदै आएका छन् ।
साझाका अध्यक्ष दीक्षितका विरुद्ध परेका विभिन्न उजुरीहरु उपर अनुसन्धान गर्ने सिलसिलामा यस्तो निर्णय गरिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ । जगदम्बा दातब्य औषधालय र मदन धारा समितिका नाममा देशका विभिन्न भागमा रहेका जग्गा अनियमितता नहोस् भन्नेतर्फ ध्यान दिँदै अचल सम्पत्ती हाललाई रोक्का राख्न भूमी सुधार व्यवस्था मन्त्रालय र सम्बन्धित मालपोत कार्यालयलाई भनिएको उसले बताएको छ ।
अख्तियारका अनुसार स्वर्गीय रानी जगदम्वा कुमारी राणाले २०१५ असोज २४ गतेको लिखतद्वारा आफनो नामरकृति अमर राख्ने उद्धेश्य अनुरुप ‘जगदम्वा दातव्य औषधालय’ स्थापना गर्न आफना सेक्रेटरी कमलमणि दीक्षित ९कणनमणिका पिता०लाई संचालक समितिको सदस्य वनाउने सर्तमा ४० हजार कम्पनी दिएको देखिन्छ । उक्त रकम मध्ये ३५ हजारको जग्गा किन्नु, ४ हजारको घर बनाउनु र १ हजारको फर्निचर खरिद गरी कार्यालय सञ्चालन गर्नु भनिएको लिखत आदेश छ ।
र, रानी जगदम्बाका सेक्रेटरी कमलमणि दीक्षित समेतले तेह्रथुमको आठराई संक्रन्तीमा औषधालय स्थापना गरेका थिए । दीक्षितले औषधालयको नाममा मोरङको दुलारी(५ मा ४८ विगाहा १२ कट्ठा ८ धुर र स्तै ताप्लेजुङ जिल्लाको निघुराधिनमा ५३ रोपनी १३ आना ३ पैसा जग्गा खरिद गरेको पाइएको छ ।
तर, सामाजिक संस्थाको रुपमा रहँदै आएको जगदम्बा दातव्य औषधालयलाई कमलमणि दीक्षितकै पहलमा २०७१ वैशाख ४ गते औषधालयलाई कम्पनी ऐन २०६३ अन्तर्गत कम्पनीका रुपमा दर्ता गरेको पाइएको अख्तियारले जनाएको छ । साथै औषधालयको नाममा रहेका अचल सम्पत्ती वेचविखन तथा हक हस्तान्तरण गर्न सक्ने प्रावधान राखिएको छ ।
परोपकारी भावना र सामाजिक उद्धेश्य अनुसार स्थापित जगदम्बा दातव्य औषधालयको नाममा रहेको जग्गा विक्रि वितरण तथा नास गर्न सक्ने भन्दै अख्तियारले औषधालयको नाममा रहेका सम्पूर्ण जग्गा रोक्का राख्न सरकार, भूमीसुधार तथा व्यवस्था मन्त्रालय र सम्बन्धित मालपोत कार्यालयलाई निर्देशन दिएको छ ।
साथै सामाजिक सस्थालाई निजी कम्पनीका रुपमा परिणत गर्ने र संस्थाको चल(अचल सम्पत्ती वेचविखनको प्रयास गर्ने व्यक्तिहरुमाथि विस्तृत अनुसन्धान गर्ने आयोगले बताएको छ ।
यसैगरी मदन धारा समिति नाममा मोरङको दुलारी(५ मै ७ विगाहा १२ धुर जग्गा खरिद गरेको देखिएको अख्तियारले जनाएको छ । तर, मदन धारा समिति कसरी, कहिले र के उद्धेश्यले स्थापना भएको हो भन्ने केही नभेटिएको उसले बताएको छ ।
अनुसन्धानका क्रममा मदन धारा समितिलाई २०७० माघ २९ गते कम्पनी रजिष्टारको कार्यालयको निर्णयले कम्पनी ऐन २०६३ अन्तर्गत कम्पनीका रुपमा दर्ता गरेको भेटिएको अख्तियारले जनाएको छ । उसका अनुसार कम्पनी सञ्चालनका लागि कमलमणि दीक्षितको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन भएको पाइएको छ ।
अहिले समितिको नाममा रहेको जग्गा कम्पनीको स्वामित्वमा रहने र वेचविखन गर्न समेत पाउने व्यवस्था गरेको भन्दै अख्तियारले मदन धारा समितिको नाममा रहेको जग्गासमेत रोक्का राख्न भनेको छ ।
यसैगरी रानी जगदम्बाले पाटन कलेजलाई दान दिएको भनिएको ललितपुर उपमहानगरपालिका वडा नम्बर ३ अन्तर्गतका कित्ता नम्बर ८०, ८१, ८२, ८३, ८४ र ८५ को ५ रोपनी २ आना जग्गा कमलमणि दीक्षितले जगदम्बा प्रेस प्रा।लि। र मदन पुरस्कार पुस्तकालयको नाममा दर्ता गरेको देखिएको अख्तियारले जनाएको छ ।
जगदम्बा प्रेस प्रा।लि। कनकमणि दीक्षित परिवारको नाममा छ । जगदम्बा प्रेसको २०७२ पुस २३ गतेको सञ्चालक समितिकबाट अध्यक्ष कमलमणि दीक्षित र उनका नजिकका नातेदारहरुवीच शेयर वाडफाँड गर्ने गरी निर्णय भएको पाइएको भन्दै अख्तियारले यसरबारे छानविन अनुसन्धान गर्न र शेयर सदस्यहरुवीच अचल सम्पत्ती वाँडफाँड तथा हक हस्तान्तरणको विषयमा जानकारी गराउन कम्पनी रजिष्टारको कार्यालयलाई निर्देशन दिएको छ ।
अख्तियारले जेठ १६ गतेको निर्णय अनुसार कनकमणी दीक्षित, कुन्द दीक्षित र परिवारका सदस्य तथा नजिका नातेदारले हदबन्दीभन्दा वढीको जग्गा लुकाई राखेको भन्दै १७ रोपनी १३ आना जग्गाबारे भूमी सुधार ऐन २०२१ बमोजिम कारबाहीका लागि सरकार, भूमिसुधार मन्त्रालयमार्फत भूमिसुधार कार्यालयमा लेखिपठाइएको थियो ।












