२७ जेठ, सिडनी । विश्वका शक्तिशाली र विकसित देशका राजनीतिक नेतृत्वसँग सम्बन्ध बढाइरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अष्ट्रेलियाको राजनीतिक नेतृत्वसँग सम्बन्ध विकास गर्न त्यसतर्फ जाने भएका छन् ।
नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको अधिवेशन पारेर प्रचण्ड अष्ट्रेलिया जान लागेका हुन् । मञ्चको अधिवेशनमा पार्टी प्रचण्ड जानुपर्ने जरुरी नभए पनि अष्ट्रेलियासँग राजनीतिक सम्बन्ध विस्तार गर्ने भित्री उद्देश्यका साथ उनी त्यसतर्फ जान लागेका हुन् ।
मञ्चको यही जुन २५ तारिख अर्थात् असार ११ गते शनिबार सिड्नीमा हुने अधिवेशनमा प्रमुख अतिथिका रुपमा प्रचण्ड सहभागी हुनेछन् ।

कार्यक्रममा सिड्नीका नेपाली समुदायसँग अन्तरक्रिया गर्नुका लागि अस्ट्रेलियाको उच्च तहका नेताहरुसँग पनि प्रचण्डको भेट गराउने प्रयास भइरहेको जनाइएको छ ।











