२७ जेठ, काठमाडौं । नेपाल बन्द गर्ने क्रममा नेकपा माओवादीका कार्यकर्ताले साझा बसमा तोडफोड गरेका छन् । राजधानीको त्रिपुरेश्वर नजिक साझा बसमा ढुंगा प्रहार गरिएको प्रहरीले जनाएको छ । ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विहानैदेखि तोडफोडमा उत्रिएका बन्दकर्ताहरुले विभिन्न स्थानमा ट्याक्सी तथा मोटरसाइकल तोडफोड गरेका खबर प्राप्त भएका छन् ।
यस अघि विहान कोटेश्वरमा एउटा ट्याक्सीमा बन्दकर्ताले आगजनी गरेका थिए ।
यसैबीच बन्द गराउँदै हिडेका २२ बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका बन्दकर्ताहरुलाई नेपाल पुलिस क्लबलगायत विभिन्न प्रहरी चौकीमा राखिएको छ ।












