२४ जेठ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र शाहले अक्षम भनी प्रधानमन्त्रीबाट बर्खास्त गरेका शेरबहादुर देउवाविरुद्ध उजुरी परेको छ । भारतको आडमा हिन्दू राज्य फर्काउने र त्यसैको आडमा आफू फेरि राजा बन्ने दाऊमा रहका शाह र भारतकै आडमा प्रधानमन्त्री बन्ने दौडमा रहेका कांग्रेस सभापतिविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी परेको हो । शाह र देउवाले गम्भीर मानवअधिकार उल्लंघन गरेको भन्दै उजुरी परेको हो ।
सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पूर्वराजा ज्ञानेन्द्र र पूर्वप्रधानमन्त्री देउवाविरुद्ध१० वर्षे द्वन्द्वका क्रममा भएका घटनाको छानबिन गर्न माग गर्दै आइतबार उजुरी परेको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाहको शासन कालमा गाँउगाँउमा शाही सेना पठाई माओवादीका नाममा निर्दोष जनतालाई मारेको आरोप लागेको छ । तत्कालीन सेनाले गम्भीर मानवअधिकार उल्लंघन हुने गरी कुटपिट गरी आफूलगायत धेरैलाई घाइते र अंगभंग बनाएको प्रमाणसहित नेकपा माओवादी केन्द्रका उयपुर जिल्ला उपाध्यक्ष राजन किराँतीले उजरी दर्ता गराएका हुन् ।
स्थानीय शान्ति समितिको कार्यालय उदयपुरमार्फत आइतबार ज्ञानेन्द्र र सभापति देउवालाई कारवाहीको माग गर्दै आयोगमा उजुरी पठाइएको किराँतीले बताएका छन् ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी नेताका टाउकोको मूल्य तोकेको आरोप लाग्दै आएको छ । माओवादी नेताबारे उजुरी दिएर पक्राउनेलाई देउवाले नगद पुरस्कारको घोषणा गरेका थिए ।












