२३ जेठ, सर्लाही । मधेसी मोर्चाभित्रका दुई घटक दलबीच कुटाकुट भएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल राय र संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोककुमार यादवबीच कुटाकुट भएको हो । जग्गाको कम्पाउण्ड लगाउने विषयमा दुवै पक्षबीच झडप हुँदा चार जना घाइते भएका छन्।
झडपमा परेर टाउकोमा चोट लागेका रायलाई हेटौंडास्थित अस्पताल भर्ना गरिएको उनका भतिजा सुरेन्द्र रायले जानकारी दिए ।
झडपमा परी वृजनन्दन राय, कपिलदेव राय र अजयकुमार यादव घाइते भएका छन्। राय सर्लाही क्षेत्र नम्बर ५ बाट तमलोपाका निर्वाचित सभासद हुन्। प्रहरीले रायको साथबाट एक थान १२ बोर बन्दुक समेत बरामद गरेको छ।












