२२ जेठ काठमाडौं । भारतीय गुप्तचर संस्थासँग निकटको सम्बन्ध रहेका र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रवृत्ति बुझेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रचण्ड प्रधानमन्त्री बन्ने कसरतमा भित्रभित्रै लागि परेको खुलासा गरेका छन् ।
नयाँ शक्तिका नाममा भारतीय पक्षका लागि काम गरिरहेको आरोप खेपेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बन्ने भित्री दौड सुरु गरेको खुलासा गरेका हुन् ।

शनिबार काभ्रेको बनेपामा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै भट्टराईले भने बाहिर प्रधानमन्त्री नबन्ने र्इच्छा नभएको बताउँदै प्रचण्ड भित्रभित्रै प्रधानमन्त्री बन्ने प्रयासमा लागिरहेको छन् ।
नाइँ नाइँ भन्दै प्रचण्ड यतिवेला प्रधानमन्त्री बन्ने तयारीमा लागेको उनले बताए ।
आफू तत्कालै प्रधानमन्त्री बन्ने सम्भावना नदेखेका भट्टराईले सत्ताकेन्द्रित राजनीतिले सरकारको स्थायित्व नहुँदा मुलुक धेरै पछि परेको बताउँदै संविधान संशोधन गर्नुपर्नेमा जोड दिए।











