१४ वैशाख, काठमाडौं । रुपन्देहीबाट भारतीय नागरिकले झूठो विवरण पेश गरी नेपाली नागरिकता लिएको ठहर गर्दै सरकारले तीन जनाको नागरिकता खारेज गरेको छ । तीन जना भारतीय नागरिकको नेपाली नागरिकता सरकारले खारेज गरेको हो ।
मन्त्रीपरिषद् बैठकले नागरिकता खारेज गर्ने व्यक्तिमा महेन्द्रकुमार मिश्र, सतिश कुमार मिश्र, अनिल कुमार मिश्र रहेका छन् ।
त्यस्तै सरकारले मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको बजेट अधिवशेन २१ गते ११ बजे बस्ने गरी बोलाउन राष्ट्रपतिलाई सिफारिश गरेको छ ।
दुर्जकुमार राईलाई सशस्त्र प्रहरीको महानिरीक्षक पदमा नियुक्त गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम महानिरीक्षक राईलाई महानिरीक्षकमा नियुक्त गरेको हो । सशस्त्रका तत्कालीन प्रमुख कोषराज वन्तविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएपछि सरकारले राईलाई कायममुकायम महानिरीक्षकको जिम्मेवारी दिएको थियो ।
त्यस्तै सरकारले १२ सहसचिवहरुको सरुवा पनि गरेको छ ।











