३० चैत, काठमाडौं । प्रधानमन्त्री ओलीले २०७२ सालको अन्तिम साँझ देशवासी नाममा सम्बोधन गर्दै मुलुकलाई थप प्रयोगशाला बनाउन दिन नसकिने बताएका छन् । उनले वार्ताबाटै मुलुकका समस्या समाधानमा सहयोग गर्न मधेसी मोर्चासहितका दललाई अपिल समेत गरेका छन् । लोकतान्त्रिक विधिबाट समस्या समाधान गर्न असन्तुष्ट दलहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले आन्दोलन फिर्ता गरेकोमा धन्यवाद समेत दिए । उपप्रधानमन्त्रीको संयोजकत्वमा रहेको वार्ता टोलीसँग सम्वाद गरेर समस्या समाधान गर्न समेत उनलेले असन्तुष्ट दललाई आग्रह गरे ।
अब देशको विकास कछुवाको गतिमा नभई खरायोको गतिमा गर्नुपर्ने भएकोले सबै शक्तिहरु एक भएर लाग्नुपर्ने उनले बताए ।
आफूले घोषणा गरेको तुइन विस्थापन गर्ने कार्य तोकिएको समअघि नै कार्यान्वन गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।












