१४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी चीन भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन् ।
हिमालयन एयरलाइन्सको विमानमार्फत आइतबार अपरान्ह चार बजे ओली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
चैत ७ गते जम्बो टोलि लिएर चीन भ्रमणमा जानुभएका प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा चीनसँग १० वटा सम्झौता गरेका थिए । उनको भ्रमणका क्रममा चीन र नेपालबीच १५ बुँदे संयुक्त विज्ञप्तिसमेत जारी भएको थियो ।
चीनमा रहँदा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङलगायत उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए । उनले चीनको विभिन्न प्रान्त र शहरको पनि अवलोकन भ्रमण समेत गरेका थिए ।
ओलीको चीन भ्रमणलाई भारतले ठूलो चासोका साथ हेरेको छ । भारतीय संचारमाध्यमहरुले चीनियाँ रेल लुम्बिनीमा ल्याउने सम्झौतालाई चीनले नेपालमा प्रभाव बढाउन खोजको भनी प्रचारप्रसार गरिरहेका छन् ।












