१ चैत, काठमाडौं । राष्ट्रपति बिद्यादेव भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सोमबार दिउँसो उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापासँगै तिल निवास पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष आसन्न चीन भ्रमणबारे ब्रिफिङ गरेको राष्ट्रपतिको कार्यालयबाट जारी बिज्ञप्तिमा उल्लेख छ । यसका अलावा मुलुकको समसामयिक परिस्थितिबारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराएको बिज्ञप्तिमा उल्लेख छ ।












