२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट आरक्षणतर्फको मत गणनामा २२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । विभिन्न समूहका आरक्षण कोटामा निर्वाचित भएका केन्द्रीय सदस्यमध्ये १४ जना सभापति देउवा पक्षका छन् भने ८ जना पौडेल पक्षका हुन् ।

निर्वाचित भएका देउवा पक्षका केन्द्रीय सदस्यहरुमा मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, लक्ष्मी परियार, सुजाता परियार, बहादुरसिंह लामा, सीता गुरुङ, अजय कुमार चौरसिया, महेन्द्र यादव, पार्वती डिसी चौधरी र फर्मुल्लाह मन्सुर रहेका छन् ।
त्यस्तै पौडेल पक्षका केन्द्रीय सदस्य जीवन परियार, चिनकाजी श्रेष्ठ, कल्याण गुरुङ, रत्ना शेरचन, रामकृष्ण यादव र किरण यादव रहेका छन् ।











