२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा विपीपुत्र सशांक कोइराला विजयी भएका छन् । कोषाध्यक्षमा भने सीतादेवी यादव विजयी भएकी छिन् । विजयी दुवै जना रामचन्द्र पौडेलको प्यानलबाट उम्मेदवार बनेका हुन् । नवनिर्वाचित महामन्त्री सशांकले ५ सय मतको अन्तरले विजय हासिल गरे भने सीतादेवीले भने ८ मतले मात्र विजय प्राप्त गरिन् । कोइरालाको जम्मा मत १४ सय १७ आयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी अर्जुननरसिंह केसीको १ हजार १७ मत आयो । महामन्त्रीका अर्का उम्मेदवार गगन थापाले ५ सय ८४ मत प्राप्त गरे ।
कोषाध्यक्षमा निर्वाचित सीतादेवी यादवको १२ सय १७ मत आयो भने निकटतम प्रतिद्वन्द्वी चित्रलेखा यादवको १२ सय ९ मत आयो । अर्का उम्मेदवार उमाकान्त चौधरीले ४५७ र कृष्ण कार्कीले ६६ मत प्राप्त गरेका छन् ।












