२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा विपीपुत्र सशांक कोइरालाले जित्ने निश्चित भएको छ । कांग्रेस पार्टी मुख्यालय सानेपामा आज भएको मतगणनामा सुरुदेखि नै अग्रता लिएका सशांकको जित सुनिश्चित भएको हो । २७ सयभन्दा बढी मत गणना गर्दा सशांकले निकटतम प्रतिद्वन्द्वी अर्जुननरसिह केसीलाई ३२५ भन्दा बढी मतले पछाडि पारेका छन् ।
कांग्रेसका संस्थापक नेता विपी कोइरालाका कान्छा छोरा सशांकको जितसँगै कांग्रेसमा भित्रैदेखि एकता हुने विश्वास कार्यकर्ताले लिएका छन् ।












