२५ फागुन, काठमाडौं । नेपाली काँग्रेसको तेह्रौं महाधिवेशनमा सभापति पदका लागि पराजित उम्मेदवार रामचन्द्र पौडेलले विजयी बनेका शेरबहादुर देउवालाई बधाई दिएका छन् । पौडेलले मंगलबार अपराह्न प्रेस विज्ञप्ती जारी गर्दै देउवालाई बधाई दिएका हुन् । उनले विज्ञप्तीमा भनेका छन् – ‘पार्टीको आदर्श, सिद्धान्त र निष्ठाको राजनीतिबाट कत्ति पनि विचलित नभई पार्टी, देश र जनताको पक्षमा तपार्इंको कार्यकालको सफलताको कामना गर्दछु ।’
कांग्रेसको यो महाधिवेशनले नेपालमा लोकतन्त्रको विकासमा लागि महत्वपूर्ण आयाम थपेको दावी समेत गर्दै आफ्नो पक्षमा मतदान गर्ने नेता तथा कार्यकर्तालाई पौडेलले धन्यवाद दिएका छन् ।












