२५ फागुन, काठमाडौं । भारी मतले रामचन्द्र पौडेललाई पराजित गर्दै पार्टी सभापतिमा विजयी भएपछि शेरबहादुर देउवाले आन्तरिक प्रतिस्पर्धामा हारजितको औचित्य नभएको अभिव्यक्ति दिएका छन् । निर्वाचनको परिणाम कसैको हारजित नभएर सिंगो प्रजातान्त्रिक प्रणालीमा सबै नेता र कार्यकर्ताको जीत भएको प्रतिक्रिया दिएका छन्।
आफू निर्वाचित भएपछि देउवाले भने ‘यो कसैको हारजित नभएर सिंगो प्रजातान्त्रिक प्रणाली, नेपाली कांग्रेस र देशको जित हो।’ नवनिर्वाचित सभापति देउवाले यो परिणामलाई हार र जितको रुपमा नलिन सबै नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे।

उनले भनेका छन्, ‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई हारजित नमानिदिनुहुन अनुरोध गर्छु ।’
देउवाले अगाडि भने, ‘आफ्नो पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा हारजितको कुनै औचित्य छैन, यो लोकतान्त्रिक प्रतिस्पर्धा हो। यसबाट सबैले पाठ सिक्नुपर्छ।’
उनले निर्वाचनको परिणाम कसैको हारजित नभएर सिंगो प्रजातान्त्रिक प्रणालीमा सबै नेता र कार्यकर्ताको जित भएको प्रतिक्रिया दिएका छन्।
आफू निर्वाचित भएपछि देउवाले भने ‘यो कसैको हारजित नभएर सिंगो प्रजातान्त्रिक प्रणाली, नेपाली कांग्रेस र देशको जित हो।’ नवनिर्वाचित सभापति देउवाले यो परिणामलाई हार र जितको रुपमा नलिन सबै नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे।
अब रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई कसरी मिलाएर लैजानुहुन्छ भन्ने प्रश्नमा देउवाले भने, ‘मेरो पार्टीभित्रका सबै साथीहरू र नेताहरूसँग छलफल गरेर सिंगो देशको प्रगतिको पक्षमा म अगाडि बढ्नेछु ।’