२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३ औँ महाधिवेशन अन्तर्गत वन्दसत्र शुक्रबार सुरु भएको छ । आजै सुरु भएको बन्द सत्र अपरान्ह साढे ५ बजे सम्म मात्रै चलेको छ । भृकुटीमण्डपमा सुरु भएको वन्दसत्रमा पार्टीका महामन्त्री प्रकाशमान सिंहले प्रतिवेदन पेश गरेका छन् ।
पार्टीको महाधिवेशन पछि पार्टीको संघिय संरचना अनुसार रुपान्तरण गर्ने, केन्द्रीय कार्यसमिति अझ बढी समावेशी बनाउने, पार्टीको विधान पनि अझ बढी समावेशी बनाउने विषयमा कांग्रेसभित्र छलफल भैरहेको प्रचार विभाग प्रमुख डा. मिनेन्द्र रिजालले जानकारी दिएका छन् ।













