कांग्रेसको चुनावमा रामचन्द्र पौडेलको टीममा नपरेपछि सभापतिमा उम्मेद्वारी घोषणा गरेकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आफूले कुनै हालतमा उम्मेद्वारी फिर्ता नलिने अडान दोहोर्याएकी छिन् । उनको अडानले संस्थापनतर्फका सभापति रामचन्द्र पौडेललाई समस्या पर्ने निश्चित भएको छ ।
केन्द्रीय सदस्य कोइरालाले बुधबार काठमाडौको मण्डिखाटारस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर आफूले वार्गेनिङका लागि नभई निर्वाचन लड्नकै लागि उम्मेद्वारी घोषणा गरेको भन्दै आफू कुनै हालतमा ब्याक नहुने बताइन् । उनले कार्यवाहक सभापति रामचन्द्र पौडेलप्रति लक्षित गर्दै पार्टीका कतिपय नेताहरुले आफूलाई राजनीतिबाट नै अलग राख्न खोजेका कारण उम्मेद्वारी फिर्ता नलिने अठोट गरेको बताइन् । पौडेललाई हराएरै बदला लिने कोइरालाको भनाइ थियो ।
उनले सभापति पद्मा आफूले जित हासिल गर्ने दाबी पनि गरिन् । कोइरालाले पार्टीभित्र केही गलत प्रवृत्तिका नेताहरु रहेको र तिनले पार्टीलाई कमजोर तुल्याउने षड्यन्त्र गरिरहेको भन्दै त्यस्ता नेतालाई पार्टीबाट बाहिर पठाइनुपर्ने बताए । तर उनले ती नेताहरुको नाम भने उच्चारण गरिनन् ।












