५ फागुन, काठमाडौं । उच्चस्तरीय राजनीतिक समन्वय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी शुक्रबार गर्न लाग्नुभएको भारत भ्रमणको सफलताको कामना गरेको छ । समितिको बैठकले कुटनीतिक सम्बन्ध सुधारका प्रधानमन्त्रीको भारत भ्रमण सफल रहोस् भन्ने कामना गरेको हो । संघीयताको पुनः सिमांकन गर्नुपर्ने माग राखेका केही मधेसकेन्द्रित दलहरुको माग बारे समेत निर्णय गर्न बसेको समितिले त्यसबारे भने कुनै निर्णय गरेन ।
दुई देशबीचको सम्बन्ध प्रगाढ, मैत्रीपुर्ण र दीगो जगमा उभ्याउने सन्र्दभमा भ्रमण लाभदायी र प्रभावकारी रहोस् भन्ने कामना बैठकले गरेको समितिका सदस्य एमाले नेता झलनाथ खनालले जानकारी दिए ।
नाकाबन्दी नखुलेसम्म आफूले भारतको भ्रमण नगर्ने बताउँदै आएका प्रधानमन्त्री ओली नाकाबन्दी खुले लगत्तै भारत भ्रमणमा जान लागेका हुन् ।











