१२औं साग फुटबलमा स्वर्ण पदक जित्न सफल नेपाली फुटबल टिमलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । आजै अपराह्न ५ बजे त्रिभुवन विमानस्थलमा आइपुगेका खेलाडीहरुलाई भव्य स्वागत गरिएको हो । सेनाको व्यान्ड सहितको टुकडी र सर्वसाधारणले खेलाडीको स्वागत गरेका हुन् ।

२३ वर्षपछि पदक बोकेर खेलाडी तथा पदाधिकारीहरु स्वदेश फकिएका हुन् । त्रिभुवन विमानस्थलमा खेलाडीको स्वागत गर्न हजारौं सर्वसाधारण भेला भएका छन् ।
स्वागतपछि उनीहरुलाई नेपाली सेनाको गाडीमा राखेर नगर परिक्रमा गराइँदै छ ।
खेलाडीलाई एयरपोर्ट, गौशाला, रातो पुल, ज्ञानेश्वर, लोत्से चोक, कमलपोखरी, पुतलिसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सुन्धारा, जुद्ध शालिक, न्यू रोड गेट, वीर अस्पताल, भोटाहिटी, जमल, केशरमहल, नारायणहिटी संग्रहालय गेट, महेन्द्र शालिक, पुरानो बसपार्क, भद्रकाली, शहिद गेट, सुन्धारा हुँदै त्रिपुरेश्वर स्थित दशरथ रंगशाला पुर्याइने छ । रंगशालामा खेलाडीको सम्मान गर्ने कार्यक्रम रहेको छ ।











