४ फागुन, गुवाहटी । १२ औं दक्षिण एसियाली खेलकुद साग भारतको गुवाहटीमा आज समापन भएको छ । भारतले नेपाललाई सागको झण्ड हस्तान्तरण गर्दै आज साँझ साग सम्पन्न भएको हो । १३ औं साग दुई वर्षपछि २०१८ मा नेपालमा हुँदैछ ।
१२ सागमा नेपालले फुटबल, जुडो र उसुमा ३ स्वर्णसहित ६० पदक जितेको छ । २३ रजत र ३४ का कास्यसहित नेपालको पदक ६० पदक पुगेको हो
यो सागमा नेपाल छैटौं स्थानमा छ । भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, बंगलादेश नेपालभन्दा अघि छन् भने भुटान र माल्दिभ्स नेपालभन्दा पछि छन् ।
नेपालले जुडोमा आज तीन कास्य जितेको हो । ७० केजी समूहमा गंगा चौधरी, ७८ केजी समूहमा पुनम श्रेष्ठ र सय केजीमा शिवबहादुर बरामले कास्य जितेका हुन् ।











