२६ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच आज भेटवार्ता भएको छ । सिमानाका अवरोध गरिरहेका मधेसी दलहरुलाई पछि हट्न लगाएर सरकारलाई सजिलो पारेको भारतले ओलीको आगामी भारत भ्रमणमा गर्ने कार्यबारे स्वराजले कुराकानी गरेकी थिइन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटवार्तामा ओलीको आगामी भारत भ्रमणका विषयमा कुराकानी भएको थियो । ओलीलाई सहज वातावारण बनाएवापत भारतले नेपाल सरकारबाट कुनै महत्वपूर्ण उपलब्धि हात पार्ने दाऊ खेलिरहेको विश्लेषण गरिएको छ ।
कांग्रेस सभापति सुशील कोइरालालाई रंगशाला पुगेर अन्तिम श्रद्धाञ्जलि दिए लगत्तै स्वराज वालुवाटार पुगेकी थिइन् । विशेष विमानबाट आजै पाँच बजे त्रिभुवन विमानस्थलमा ओर्लेकी स्वराज आजै सोही विमानबाट भारत फर्केकी छिन् । उनको साथमा भारतीय नेताहरु आनन्द शर्मा, शरद यादव, सिताराम यचुरी र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभल समेत नेपाल आएका थिए ।












