२६ माघ, काठमाडौं । भारतीय विदेश मन्त्री सुष्मा स्वराजले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई अन्तिम श्रद्धाञ्जलि दिएकी छिन् ।
विशेष विमानबाट काठमाडौं आएकी स्वराजले साँझ साढे ५ बजे पछि दशरथ रंगशाला पुगेर कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गरेकी हुन् । उनीसँगै नेपाल आएका भारतीय नेताहरु आनन्द शर्मा, शरद यादव, सिताराम यचुरी र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलले कोइरालालाई श्रद्धाञ्जली दिएका छनज् । स्वराजसँग नेपालमा लागि भारतीय राजदूत रञ्जित रेले पनि कोइरालालाई अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।












