२६ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति राष्ट्रपति विद्या भण्डारी दुःख व्यक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालद्वारा जारी विज्ञप्तीमा कोइरालाको निधनको समाचारले राष्ट्रपति भण्डारीज्यूलाई स्तब्ध र दुःखी तुल्याएको उल्लेख छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धाका रुपमा उहाँले जीवनपर्यन्त खेल्नुभएको भूमिका सदा स्मरणीय रहिरहनेछ धारणा समेत भण्डारीले व्यक्त गर्नुभएको छ । दिवंगत कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै भण्डारीले शोकसन्तप्त परिवार र शुभेच्छुकहरूप्रति हार्दिक समवेदना प्रकट गरेकी छिन् ।












