१४ माघ, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले नेपाली काँग्रेसको महाधिवेशनलगत्तै सरकार परिवर्तन हुने बताएका छन् । रफत् सञ्चार क्लबले विहीवार भक्तपुरमा गरेको साक्षात्कारमा नेमकिपाका अध्यक्ष विजक्छेले नेपाली कांग्रेसको महाधिवेशन पछि काँग्रेसको नेतृत्वमा सरकार गठन हुने दावी गरे । काँग्रेसले एमाओवादी र मधेशवादी दललाई सहभागी गराएर सरकार बनाउने दावी उनको थियो ।
काँग्रेसको महाधिवेशन फागुन २० देखि २३ गतेसम्म काठमाडौमा हुँदै छ । नेमकिपाका अध्यक्ष विजुक्छेले प्रमुख राजनीतिक दलहरुले भारतको दवावमा संविधान संशोधन गरेको भन्दै भारतले इशारा नगरेसम्म मधेशवादी दलहरुले आन्दोलन फिर्ता नलिने बताए । उहनले राज्यको ढुकुटीबाट तलब खाने राजनीतिक तथा प्रशासनिक तहका करिब २२ हजार व्यक्तिले नेपालका सम्पूर्ण सूचना भारतलाई उपलब्ध गराउने गरेको दावी समेत उनले गरे ।












