संविधान संशोधनलाई ‘नाटक’ भन्दै मधेसी मोर्चाले आन्दोलन जारी राख्ने बताएको छ ।
मोर्चाको सोमबार काठमाडौंमा बसेको बैठकले एक पक्षीयरुपमा संविधान संशोधन गरिएको भन्दै नाका अवरोधसहितका आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।बैठकपछि सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संशोधनले आफूहरुको माग सम्बोधन नभएको भन्दै आन्दोलन जारी राख्ने बताउनुभयो । यस्तै, सोमबारै संघीय समाजवादी फोरमले पनि सरकार र ठूला दलहरु जबर्जस्तीरुपमा अघि बढेको भन्दै आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।












