५ माघ, काठमाडौं । मधेसी मोर्चाको कार्यदलस्तरीय वार्ता सकिएको भन्दै मधेसी मोर्चाले अध्यक्षस्तरमा मात्र अब वार्ता हुने चेतावनी दिएको छ
मंगलबार तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजारमा पत्रकार सम्मेलन गर्दै मोर्चाले अब कार्यदलस्तरमा सरकार र तीनदलसँग वार्ता नहुने बताएको हो ।
पत्रकार सम्मेलनमा तमलोपा नेता एवं कार्यदल सदस्य हृदयेश त्रिपाठीले वार्ता नरोकिएको र अब कार्यदल स्तरमा नभई अध्यक्ष स्तरमा वार्ता हुने जानकारी दिए । वार्ता र संवादबाट पछि नहट्ने भन्दै उनले कार्यदलस्तरको वार्ता औचित्यहीन भएको र अब अध्यक्ष स्तरमा बार्ता हुने बताए । उनले सरकार र तीन दल नाटकीय रूपमा परिवर्तन भएको र मोर्चाको माग बारे शिर्ष दल गम्भीर नभएको समेत आरोप लगाए ।
त्रिपाठीले यस्तो कुरा सार्वजनिक गरेपछि बौद्धिक जगतमा उनको विगको संलग्नतामाथि बहस भएको छ । भारतीय अपराधीले लेखेको एक पुस्तकको सन्दर्भ उल्लेख गर्दै उक्त अपराधीले त्रिपाठी आफ्नो मान्छे भएको भन्ने प्रशंगबारे बौद्धिक जमातले पुनः बहस गरेका छन् । त्यस्तै उनले दोस्रो संविधान सभाको म्याद सकिने समयमा मात्रै संविधान जारी हुने भनी बिबिसी नेपाली सेवालाई डेढ वर्षअगाडि दिएको अन्तरवार्ता र अहिले मधेसी मोर्चाले निहुँ खोजिरहनुको उद्देश्य र आशय एउटै रहेको र रहस्यमय रहेको विश्लेषकहरुले बताएक छन् । यो सबै भारतीय योजनाअनुसार नै भएको पनि उनीहरुको निष्कर्ष छ ।











