४ माघ, काठमाडौं । उपचारका नाउँमा दिल्ली पुगेर राजनीतिक भेटवार्ता गरेर आइतबार नेपाल फर्किएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आज कांग्रेस सभापति सुशील कोईरालासँग भेटवार्ता गरेका छन् । कोईराला निवास महाराजगंजमा आज बिहान भएको भेटमा महतोले मधेसको माग पूरा गराउनका लागि प्रभावकारी भूमिका खेल्न कोइरालालाई आग्रह गरेका थिए ।

भेटमा कोइरालाले आन्दोलनले मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै वार्ताबाट समाधान खोज्नुपर्नेमा जोड दिएका थिए । संविधान संसोधन विधेयक पारित हुने अवस्थामा पुगेका कारण अब मोर्चाको माग पूरा हुने विश्वास व्यक्त गरेका थिए ।
महतेले भने अझै पनि आफ्ना माग पूरा गर्न दलहरुले ईमान्दारिता देखाउन नसकेको जिकिर गरेका थिए ।
नेपाल आए लगतै महतोले आइतबार प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका थिए भने सोमबार एमाओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्दैछन् ।











