२ पुस, काठमाडौं । प्रमुख तीन दल र मधेसी मोर्चाबीच लिखित सहमति हुने तयारी भैरहेका बेला मोर्चा सम्बद्ध दलहरु पनि आन्तरिक छलफलमा जुटेका छन् । मोर्चाका माग सम्बोधन गर्नका लागि सहमतिलाई संवैधानिक हैसियत दिने निर्णय तीन दलले गरे लगत्तै मोर्चा आन्तरिक छलफलमा जुटेको हो । तमलोपा पार्टीका कार्यालयमा आज मोर्चाको बैठक बसेको र सहमति गर्ने विषयमा केही महत्वपूर्ण निर्णयहरु भएको जानकारी तमसपाका वरिष्ठ नेता रामनरेश रायले जानकारी दिए ।
मोर्चाले गरेका निर्णय कार्यदलमा राखिने समेत उनले बताए ।












