१ पुस, काठमाडौं । साविक विजेता मलेसिया समूह चरणको अन्तिम खेलमा शुक्रबार श्रीलंकासँग २–१ ले पराजित भएपछि नेपाल बंलगलादेशमा जारी बंगबन्धु गोल्डकपको सेमिफाइनलमा पुगेको छ।

तथापी, मलेसियाको प्रतिनिधित्व सुपर लिगको पाँचौ स्थानमा रहेको फोल्डा युनाइटेडले गरेको थियो। फोल्डा युनाइटेडले समुहको पहिलो खेलमा नेपालसँग गोलरहित बराबरी खेलेको थियो भने श्रीलंका नेपालसँग १–० ले पराजित भएको थियो।
नेपाल र आयोजक बंगलादेश विच आजै साझ सवा ६ बाट हुने समूहको अन्तिम खेलले समुह विजेताको टुंगो लाग्छ। समूह ए मा रहेको नेपाल र बंगलादेशकोसमान ४ अंक रहेको छ। श्रीलंकाले ३ अंक जोड्यो भने मलेसियाको फोल्डा युनाइटेडको २ अंका मात्र रहेको छ।
प्रतियोगताको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई ४–१ ले हराएको थियो भने फोल्डा युनाइटेडसँग १–१ को बराबरी खेलेको थियो।











