२८ पुस, काठमाडौं । प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीच एक महिना साताभित्र सहमति हुने कार्यदलमा रहेका नेताहरुले बताएका छन् । यसैका लागि तीन दल र मोर्चाका दुवै कार्यदलको संयुक्त बैठक मंगलबार बस्दैछ। सोमबार अपरान्ह बस्ने भनिए पनि एमालेका सदस्य भीम रावलले व्यस्तता देखाएका कारण बैठक बस्न सकेको थिएन ।

भीम रावलले व्यस्तता देखाउनुको पछाडि सात नम्बर प्रदेशमा परेका जिल्ला यताउता पार्न रावलले नमानेको र त्यसैका लागि कसरत गरेको बुझिएको छ ।
सोमबार बैठक बस्न नसक्नुका बारेमा मोर्चाको कार्यदलका सदस्यहरुले तीन दलका सदस्यलाई सिधा आरोप नलगाए पनि नेता रावलकै कारण समस्या परिरहेको बताएका छन् । सहमतिको वातावरण नविग्रियोस् भनेर आफूहरु पर्खिरहेको तमसपाका वरिष्ठ नेता तथा कार्यदलका सदस्यले बताए ।
नेता रायले अबको एकहप्तामा सहमति भैसक्नृ खुलासा समेत नेपालदेश डटकमसँग गरे । सिमांकन तीन महिनामा टुंग्याउने उधारो सहमति नहुने समेत उनले बताए । नगद रुपमै मोर्चा र प्रमुख तीन दलबीच सहमति हुने उनको भनाइ छ ।
लामो समयको आन्दोलनले मधेसी जनता नै आजित भएको र देशको अवस्था समेत जर्जर भएकोले मोर्चाले समेत लचकता अपनाउन चाहेको मोर्चा आबद्ध एक नेताले बताए ।











