२१ पुस, काठमाडौं । नेकपा एमालेले संसदीय दलको उपनेतामा संविधान सभाका पूर्व अध्यक्ष सुवास नेम्वाङलाई चयन गरेको छ । एमाले संसदीय दलको मंगलबार बसेको बैठकले एमाले स्थायी समितिका सदस्य सुवास नेम्वाङलाई उपनेता बनाएको हो । त्यस्तै प्रमुख सचेतकमा युवा नेता भानुभक्त ढकाल चयन भएका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी ओली शर्माले सबोधन गर्दै सबिधान सशोधनका विषयमा पार्टीको धारणाबारे प्रकाश पारेका थिए ।












