२० पुस, पर्वत । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति निर्माण अभियान नेपालका संयोजक डा.बाबुराम भट्टराईले भारतीय नाकाबन्दी अमानवीय भएको बताएका छन् । पर्वत जिल्लामा नयाँ शक्ति निर्माण अभियानको कार्यक्रममा बोल्दै भट्टराईले आफ्नो जीवनकालमा तीन पटक नाकाबन्दी भएको उल्लेख गरे । नाकाबन्दी हुनु नेपालीहरु परनिर्भर हुनुको परिणाम भएको उनले बताए ।

आफूलाई भारतीय दलाल भन्ने गरेको कुरातर्फ लक्षित गर्दै भट्टराईले नेपालका राजनीति पार्टीहरु सधैं भारतको अगाडिपछिाडि गर्ने तर जनताको दिमाग अन्यत्र मोड्नको लागि अरुलाई दलाल भन्ने गरेको तर्क गरे । त्यस्तै आफूलाई संविधान विरोधी भनी आलोचना भएकोमा दुखेसो पोख्दै भट्राईले आफू जति शान्ति र संविधानको पक्षमा कुनै समकालीन नेता नलागेको जिकिर गरे ।
पूर्वपञ्च, राजावादी तथा हिन्दू राष्ट्र माग गर्ने अगुवा कमल थापा लाई धर्मनिरपेक्ष राज्यको प्रचारक बनाउनेहरुले आफूलाई संविधानविरोधी भनेको कथन भट्टराईको थियो ।
नयाँ शक्तिको वैचारिक दृष्टिकोण माक्र्सवादको नयाँ प्रयोग र भौतिकवादको सही कार्यान्वयन हुने बताए ।











