२० पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ बढाएर दिनमै १५ घण्टा विद्युत कटौति गर्ने नयाँ तालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी ओलीले एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने बताइरहँदा जनताले भने थप लोडसेडिङ व्यहोर्नुपरेको हो ।
नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ थप हप्ताको ९ घण्टा बढाउने गरी नयाँ तालिका सार्वजनिक गरेको हो । नयाँ तालिकाअनुसार अब दिनमा १५ घण्टासम्म विजुली नआउने भएको हो ।

यसअघि सातामा ७७ घण्टा रहेको लोडसेडिङ बढाएर ८६ घण्टा पुर्याइएको छ । नयाँ तालिका अनुसार अब साताको ३ दिन १३ घण्टा, एकदिन १५, एकदिन १४, एक दिन १० र एक दिन ८ घण्टा विजुली आउने छैन ।
नदीमा पानीको बाहाब न्युन रहेको र औद्योगिक क्षेत्रमा पनि बिजुली खपत बढेका कारण प्राधिकरणले लोडसेडिङ बढाउनु परेको जनाएको छ।












