१८ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फामा भिजन नै नभएको भन्दै राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक प्याट्रिसिया ओसेम्सले सम्झौता नविकरण नगर्ने घोषणा गरेका छन् ।

बेल्जियमका ओसेम्स गत सेप्टेम्बरमा ६ महिनाका लागि नेपाली प्रशिक्षकमा नियुक्त भएका थिए । उनको प्रशिक्षणमा नेपालले साफ च्याम्पियनसिप खेल्यो तर, समूह चरणबाटै बाहिरिएको छ ।
राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ओसेम्सले शनिबार ट्वीटरमार्फत एन्फासँगको सम्झौता नविकरण नगर्ने घोषणा गरेका हुन् ।
आफूले फुटबलको विकासका लागि दिएको योजनाबारे एन्फाले कुनै रेस्पोन्स नगरेको भन्दै उनले एन्फामा व्यवसायिकताको अभाव, भिजन र विकास योजना नभएको बताएका छन् ।











