१६ पुस, सिराहा । हत्याको अभियोगमा अदालतबाट कैद सजाय पाएका एक अपराधीलाई सिरहा प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक संतोष निरौलाको कमाण्डमा खटिएको टोलीले फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतौना गाविस–७ (हाल गोलबजार नपा–१२) का ७० वर्षीय सरयुग यादव रहेका छन् । घरमा लुुकेर बसेको विशेष सूूचना पाएपछि उनलाई घरमै पुुगेर पक्राउ गरिएको निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । कर्तव्य ज्यान मुुद्दाका अभियोगमा यादवलाई जिल्ला अदालत सिरहाले २०५२ मङ्सिर ६ गते ६ महिना कैदको फैसला सुनाएको थियो ।
कैदको सजाय पाएपछि अभियुुक्त यादव लुकीछिपी बस्दै आएका थिए । राष्ट्र र जनता सुरक्षाको लागि अहोरात्री खट्ने ईन्स्पेक्टर निरौला यत्तिबेला समाजिक विकृति विरुद्ध अभियान नै चलाएको छ । समाजमा शान्ति सुरक्षा कायम राख्नको निम्ति अपराधिहरुलाई खोजी खोजी कारवाही चलाइरहेका छन् । यता, ईलाका प्रहरी कार्यालय गोलबजारले अहिले एक हप्ते लागुऔषध गाजा फडानी कार्यक्रम जारी राखेका छन् । कार्यक्रम अन्तर्गत त्यस क्षेत्रको दर्जनौ गाविसमा लुकाई गरिएको गाजा खेती नष्ट गरिएको छ भने तस्करहरुको चलखेल समेत बन्द गरिएको जानकारीमा आएको छ । निरिक्षक निरौलाले गोलबजार क्षेत्रमा सिसि क्यामरा जडान गर्नुका साथै शान्ति सुरक्षाको लागि बिभिन्न स्थानमा प्रहरी बिट पनि निर्माण गरेका हुन् ।












