१५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसमा जारी समस्या १० दिनभित्र अन्त्य हुने ठोकुवा गरेका छन् ।आन्दोलनरत मधेसी मोर्चाको एक घटक तमलोपा अध्यक्ष महन्थ ठाकुरले १९ गतेदेखि आन्दोलनको स्वरुप पुनर्विचार गर्ने भने पनि त्यसअघि नै धर्ना र आन्दोलन हट्ने दावी ओलीले व्यक्त गरेका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले मधेसी मोर्चासँग औपचारिक र अनौपचारिक छलफल जारी रहेको बताए । अहिलेको समस्या १० दिनभित्र समाधान हुने ठोकुवा समेत उनले गरे ।
एमाले अध्यक्षसमेत रहेका ओली बुधबार सुनसरीको इटहरीमा बस्नेछन् । उनी विहीबार गृहजिल्ला झापा जाने कार्यक्रम छ ।












