
‘१९ गते मोर्चाको बैठक बस्छ । सो बैठकमा नाकाबन्दी जारी राख्ने कि स्थगित गर्ने भन्ने विषयमा छलफल हुनेछ,’ अध्यक्ष ठाकुरले भने । नाकाबन्दी स्थगित गर्न भारतले आफूहरुलाई कुनै दवाव नदिएको उनको भनाई थियो ।
मंगलबार संचारकर्मीहरुसँग आफ्नै पार्टी कार्यालयमा कुराकानी गर्दै ठाकुरले मोर्चाद्वारा प्रस्तुत ११ बुँदे मागका विषयमा बुँदागत छलफल गर्नुपर्ने बताए । ‘११ बुँदेका के- के पूरा गर्न सकिन्छ र के(के पूरा गर्न सकिदैंन भन्नेमा सरकारको भनाई आउनुपर्यो,’ उनले भने, ‘तर प्रधानमन्त्री अझै वार्ताप्रति गम्भीर रहेको पाएका छैनौं ।’ हाल संसदमा पेस भएको संविधान संसोधन प्रस्ताव भने आफूहरुले नमान्ने ठाकुरले जनाउ दिएका छन् ।
ठाकुरले सीमांकनको बारेमा विश्वासिलो आधार सरकारले दिएमा आफूहरु लचिलो बन्न तयार रहेको जानकारी दिए । उनले भने, ‘सिमांकनलाई पछि सारेर छलफल गर्न हामी तयार छौं । तर यसका लागि सरकारले स्पष्ट प्रस्ताव ल्याउनुपर्छ ।’











