११ पुस, विराटनगर । आन्दोलनरत सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो प्रहरीसितको भिडन्तमा घाइेत भएका छन् । विराटनगरस्थित रानी भन्सार नाका बन्द गर्न खोज्ने महतोसहित केही नेता–कार्यकर्ता शनिबार घाइते भएका हुन् ।
भारतबाट आएका महतो र सद्भावनाका केन्द्रीय सदस्य दिलिप धाडेवासहितका कार्यकर्ताले नाका ठप्प पार्न खोजेपछि नेपाल प्रहरीले हटाउन खोजेको थियो ।

तर, उनीहरु प्रहरीमाथि जाइलागेपछि भएको झडपमा महतोसहित केही नेता–कार्यकर्ता घाइते भएका हुन् । महतोको टाउकोमा चोट लागेको छ ।
झडपपछि भारतको नाकामा पुगेका उनीहरुलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पनि धपाएको थियो ।
झडपपछि महतोसहित घाइते भएका सबै जना भारततिरै लागेका बताइएको छ ।











