९ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार मन्त्री थपेर आफ्नो मन्त्रीमण्डललाई ३४ सदस्यीय बनाएका छन् । ओलीले थपेका साना दल चार मन्त्रीलाई राष्ट्रपति विद्या भण्डारीले आजै सपथ ग्रहण गराएकी छिन् ।
राप्रपाबाट दीपक बोहोरा, नेपाल परिवार दलबाट एकनाथ ढकाल, जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा र समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह मन्त्री बनेका छन् । क्रिश्चियनको लगानीमा चलेको पार्टी नेपाल परिवार दलका एकनाथले मोटो रकम ओलीलाई दिएर मन्त्री पद खाएको स्रोतले बताएको छ ।
बोहोराले श्रम तथा रोजगार, थापाले विज्ञान तथा प्रविधि र सिंहले सरसफाइ तथा खोनपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । ढकालको भने मन्त्रालय टुंगो लाग्न बाँकी छ ।
सरकार ढल्ने हल्ला चलिरहेका बेला ओलीले साना दलका चार मन्त्री थपेका हुन् । एमाले र अन्य दलबाट चार राज्यमन्त्री थप्ने तयारी रहे पनि राज्यमन्त्रीको सपथ भने पार्टीहरुकै विवादका कारण रोकिएको छ ।













