९ पुस, काठमाडौं । नेपाली युवती पोर्न स्टार बनेको भनी विश्वभर फैलिएको समाचार अन्ततः अमेरिकी अदालतले झूटो सावित गरिदिएको छ । नेपाली चेली विन्दू परियार पोर्न स्टार रहेको भनी फैलिएको खबर र भिडियो परियारका पूर्वपतिले बेइमानी गरेको समेत अदालतले प्रमाणित गरेको छ । अदालतको फैसलासँगै परियारले ७२ करोड क्षतिपूर्ति समेत पाउने भएकी छिन् ।

आफ्ना पूर्वपतिले सुरुमा झुक्याएर र पछि जबरजस्ती खिचेर इन्टरनेटमा भिडियो अपलोड गरेर आफूलाई ‘पोर्नस्टार’ बनाएको भन्दै परियारले हालेको मुद्दामा अमेरिकाको एक अदालतले उनको पक्षमा फैसला गरेको हो ।
उनका पूर्वपति टम रान्डेल सेवेललाई यी सबै भिडियो इन्टरनेटबाट हटाउन र विन्दुलाई ७:२५ मिलियन डलर (करिब ७२ करोड रुपैयाँ) क्षतिपूर्ति तिर्न पनि अदालतले आदेश दिएको छ ।
‘दि डल्लास मर्निङ न्युज’का अनुसार नर्सिङ पढ्ने उद्देश्यले अमेरिका पुगेकी विन्दु ९२७ वर्ष० लाई उनका पति सेवेल ९५८ वर्ष० ले जबरजस्ती नग्न क्लबहरुमा पठाउने, स्तन सर्जरी गर्न लगाउने र अन्य पुरुषहरुसँग यौन सम्बन्ध कायम गर्न लगाएर त्यसलाई भिडियो खिचेर इन्टरनेटमा अपलोड गर्ने काम गरेका थिए ।
२०१२ मा छुट्टिएपछि पनि पूर्वपतिले उनको नामका इन्टरनेटमा पेजहरु बनाउने, उनको कलेज वेवसाइटमा उनलाई ‘वेश्या’ भनेर चिनाउने काम जारी राखेका थिए ।
नेपालमा विन्दूकै परिवारको सदस्यसँग विवाह गरेका सेवेलले विन्दुको पढाइमा सहयोग गरेका थिए । सेवेलको पहिलेकी पत्नीसँग सम्बन्ध विच्छेद भएपछि विन्दूसँग विवाह भएको थियो । तर, अमेरिका पुगेपछि उनको व्यवहार अर्कै भएको विन्दूको भनाइ छ । ‘मलाई जबरजस्ती पोर्नस्टार बनाइदियो, म सामान्य केटी हुँ, सामान्य जीवन बाँच्न चाहन्छु,’ विन्दुले डल्लास मर्निङ न्युजलाई बताएकी छन् ।
विन्दूले इन्टरनेटबाट आफ्ना सामाग्री हटाइ माग्न मुद्दा दिएकी थिइन् । तर, अदालतले उनले नमागे पनि ७२ करोड क्षतिपूर्ति भर्ने आदेश दिएको छ ।











