७ पुस, काठमाडौं । काठमाडौंको चोभास्थित एभरेष्ट ग्यास प्लान्टमा स्थानीय वासिन्दाले तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । अश्रुग्यास प्रहार गरेपछि स्थानीयहरु भागेको जनाइएको छ ।

एभरेष्ट ग्यासले आज स्थानीयहरुलाई ग्यास दिने भनेपछि भेला भएका स्थानीयहरुले प्लान्टको कार्यालयमा तोडफोड गरेका हुन् । ग्यास दिने भनेर बोलाइएको र ग्यास नदिएपछि आक्रोसित भीडले कार्यालयको गेट लगायतका स्थानमा तोडफोड गरेको स्थानिय वासिन्दा रघु नेपालले जानकारी दिए ।
अहिले ग्यास प्लान्ट प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।











