६ पुस, काठमाडौं । आफूहरुको आन्दोलनमा भारतको समर्थन रहेको भन्दै घुर्की लगाएका मधेसी मोर्चाका दलहरुलाई सहमति गर्न भारतले दबाब दिएको छ । नयाँ दिल्लीमै बोलाएर भारतीय विदेशमन्त्री र विदेश सचिवले आन्दोलनका नाममा भारतको बदनाम नगर्न दिएको निर्देशनपछि पनि बढ्ता हुन खोजेपछि आन्दोलनरत मधेसी मोर्चाका नेतालाई भारतीय राजदुत रञ्जित रेले आज आफ्नै निवासमा बोलाएर झ्याँको झारेका छन् ।

भारतलाई अरु बढी बद्नाम नगर्न भन्दै भारतले नयाँ दिल्लीमा दिएको निर्देशनको अवज्ञा गरेकोले राजदूत रेले आज आफ्नो क्वार्टर लैनचौरमै बोलाएर झ्याँको झारेका हुन् । भारतले दिएको निर्देशन तत्काल मान्दा भारत गएर आएपछि मोर्चाको आन्दोलन बदलिएको सन्देश जाने भन्दै थप आन्दोलनको घोषणा गरेका मधेसी मोर्चाका नेताहरुलाई आज साँझ भारतीय राजदूतले तिमीहरुको कुरा के हो भन्दै हकारेका थिए । भारतलाई अन्तर्राष्ट्रिय रुपमा बदनाम गराउने काम नगर्न र भारतले अघि सारेको चार बुँदे सहमतिमा आउन रेले निर्देशन दिएको दूतावसाको उच्च स्रोतले जानकारी दिएको छ ।
भारत पुगेर पनि भारतीय राजदूत राणजीत रायले मधेसी मोर्चाका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । छलफलका लागि मधेसी मोर्चाका शीर्ष नेताहरु भारतीय दूताबास लैजाचारस्थित राजदूतको क्वाटरमा पुगेका थिए ।











