नवीन रायमाझी / नेपाल देश
१ पुस, काठमाडौं । तपाईंले अब इन्धन लिनका लागि लाइन बस्नु नपर्ने भएको छ । किनकी, तपाईंले एसएमएस गरेकै आधारमा अब तपाईले इन्धन पाउने सुविधा आयल निगमले ल्याएको छ । तपाईंले एसएमस गरका आधारमा तपाईं इन्धन लिन जाँदा हुन्छ । तर एसएमएस गर्ने समयमा तपाईले त्यसको तरिका बुझ्न जरुरी छ । जुन यसप्रकार छ :
आरईक्यू(स्पेस)एफटी(स्पेस)बीबीएन(स्पेस)एसटीडी(स्पेस)ईजेड(स्पेस)सीसी/{REQ(space)FT(space)BBN(space)STD(space)EZ(space)CC }
उल्लिखित वर्णको पूर्णरूप यहाँ प्रस्तुत गरिएको छ– आरईक्यू : रिक्वेष्ट एफटी : फ्युल टाइप (इन्धनको प्रकार), यसमा पेट्रोलका लागि : पी, डिजेलका लागि : डी, ग्यासका लागि : जी बीबीएन : आफ्नो सवारीको ब्लूबूक नम्बर एसटीडी : आफ्नो जिल्लाको टेलिफोन एसटीडी कोड ईजेड : निर्वाचन क्षेत्र सीसी : कञ्जुमर क्याटेगोरी अर्थात् खपतको प्रकार वा ग्राहकको प्रकार, यसमा पनि सानो सवारीसाधनका लागि : एस , मझौला सवारीसाधनका लागि : एम, ठूला सवारीसाधनका लागि : एल उल्लेख गर्नुपर्छ । यसरी तयार गरिएको मेसेज ११११ नम्बरमा पठाउनुपर्छ । यो प्रक्रिया पूरा गरेपछि मोबाइलमा तपाईंको अनुरोध स्वीकार भएको सन्देश र एउटा कोड नम्बर पठाइन्छ । आफ्नो लाइन कहा पुग्यो भन्ने थाहा पाउने तरीका :– यी सबै प्रक्रिया पूरा गरेपछि तपाईंले इन्धन पाउने दिन, समय र स्थानबारे एसएमएस सन्देशमार्फत अग्रिम सूचना दिइने आयल निगमको वेबसाइटमा उल्लेख छ । तपाईं आफ्नो मोबाइलमा प्राप्त गरेको सोही जानकारीअनुसार इन्धन लिन जानुपर्ने हुन्छ । कहिलेकाहीँ विभिन्न कारणवश माग रद्द गर्नुपर्ने अवस्थासमेत आउन सक्ने भन्दै निगमले माग रद्द गर्ने व्यवस्था पनि गरेको छ ।
यसका लागि उपभोक्ताले – सीएएन (स्पेस)बीबीएन(स्पेस)सीओडीई { CNN(space)BBN(space)CODE }, टाइप गरी ११११ नम्बरमा एसएमएस पठाउने सुविधा दिइएको छ । एसएमएस क्यू प्रणालीका शर्त तथा बन्देज :- उपभोक्ताले ब्लूबुक, सवारीसाधन र एसएमएसमा उपलब्ध उपभोक्ता कोड अनिवार्य ल्याउनुपर्नेछ । ब्लूबूक नम्बर भन्नाले ब्लूबूक छाप्दाको कालोमसीयुक्त पहिचान अङ्क बुझिनेछ । इन्धन लिन उपभोक्तालाई बोलाइएको समयावधिको २ घण्टाभित्र सम्बन्धित पेट्रोलपम्पमा आइपुग्नुपर्नेछ । उपभोक्ताले एउटा अनुरोध पठाएर प्रणालीले स्वीकारोक्ति गरेपश्चात् निश्चित अवधिसम्म पुनः ‘क्यू’ गर्न पाइनेछैन् । एउटा अनुरोध खारेज गरेपछि मात्र अर्को अनुरोध गर्न सकिनेछ । अवधि नियमले तोकेबमोजिम हुनेछ ।











