२८ मंसिर, काभ्रे । नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले वर्तमान सरकार ढाल्ने चेतावनी दिएका छन् । काभ्रे कांग्रेसले सोमबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सरकारले बहुमतको दम्भ देखाए सरकार छिट्टै ढालिदिने चेतावनी दिएका हुन् । प्रचण्ड नेतृत्वको सरकार ८ महिनामै पतन भएको उदाहरण दिँदै वर्तमान सरकार पनि छिट्टै पतन हुने दाबी उनले गरे ।

देश मेरो मुठीभित्र छ भन्ने सोचेर सबैभन्दा ठूलो दल कांग्रेससँग समन्वय नगरेमा ओली सरकार ढल्न बेर नलाग्ने उनले दोहोर्याए ।











