२७ मंसिर, काठमाडौं । राजधानी काठमाडौंका पेट्रोल पम्पहरुलाई इन्धन वितरण गर्ने जिम्मा पाएको नेपाल आयल निगमका थानकोट डिपोबाट नै इन्धनको कालोबजारी भएको पत्ता लागेको छ । सो डिपोको प्रमुख नै इन्धनको कालोबजारी गरेका कारण पक्राउ परेका छन् । इन्धनको कालोबारीमा संलग्न भएको भन्दै प्रहरीले निगमका थानकोट डिपो प्रमुख रविन शर्मालाई आज पक्राउ गरेको हो ।
नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले शर्मालाई आइतबार साँझ थानकोटबाट पक्राउ गरेको हो । अनुसन्धानको सिलसिलामा शर्मालाई नियन्त्रणमा लिइएको हो’ महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।
महाशाखाले तेलको कालोबजारीविरुद्ध एन्टी मंगर अपरेशन चलाइरहेको छ । यसका क्रममा पक्राउ परेकाहरुले शर्माको समेत नाम लिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
अपराध महाशाखाले हालै मात्र राजधानीका १७ वटा पम्पमा छापा मारेर ठगी गर्ने मेसिन जडान गरेको थियो ।












