२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले मुलुकको समस्या समाधान गर्न सरकार गम्भीर नभएको निश्कर्ष निकालेको छ ।
सभापति सुशील कोइराला निवास महाराजगञ्जमा बसेको पदाधिकारी बैठकमा नेताहरुले संवाद र वार्ताको लागि सरकार गम्भीर नभएको भन्दै वार्ता र संवादबाटै समस्याको समाधान गर्नु पर्नेमा जोड दिएका छन् ।

पुनर्निर्माण प्राधिकरण विधेयकसँगै मधेसका मुद्दालाई सम्बोधन गर्न संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकको काम पनि अघि बढाउनुपर्ने ठहर बैठकले गरेको वरिष्ठ नेता शेरबहादुर देउवाले जनाए ।
बैठकले सरकार र मधेसी मोर्चासँग छुट्टाछुट्टै वार्तामा बस्ने र समस्या सामधान गर्न पहल गर्ने निर्णय गरेको छ ।











