२३ मंसिर, काठमाडौं । डेढ वर्ष लामो विवादपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई नेता एक ठाउँ भएका छन् । आलोपालो प्रणालीमा अध्यक्ष बन्ने सहमति महाधिवेशनबाट गरे पनि सुर्यबहादर थापाले षडयन्त्र गरेर पशुपति शमशेर जवरालाई अध्यक्ष बनाएको भन्दै लोकेन्द्रबहादुर चन्द पक्षले आपत्ति जनाएको थियो । केही समयको संघर्षपछि बहुमत केन्द्रीय सदस्यले राणालाई हटाएर चन्दलाई अध्यक्ष बनाएपछि राणाले सहमतिका लागि आग्रह गरेका थिए ।

फेरि आलोपालो प्रणालीमै अध्यक्ष बन्ने सहमति राणा र चन्दले गरेपछि वुधबार दुवै नेताहरु एकसाथ पार्टी कार्यालयमा देखिएका छन् । तीन नयाँ केन्द्रिीय सदस्यलाई सपथ गराउने कार्यक्रममा राणा र चन्द एक साथ भेला भएर पार्टी एकताको सन्देश दिए ।
अब राष्ट्रिय स्वाधिनताका लागि वैकल्पिक शक्ति राप्रपालाई बनाउने भन्दै अध्यक्ष राणाले राप्रपा नेपालसँग समेत एकता गर्ने बताए ।
राणाले केही दिनभित्रै चन्दलाई पार्टी नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको छ ।











